Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

दाङमा लडेर सेनाका लेस-नायकको मृत्यु

दाङ । दाङमा नेपाली सेनाका लेस-नायकको लडेर मृत्यु भएको छ।

दाङको लमही नगरपालिका–६ देउपुरस्थित रणसिंह दल ब्यारेकमा कार्यरत ३० वर्षीय शीतल थापाको मृत्यु भएको हो।

वडा प्रहरी कार्यालय लमहीका अनुसार शुक्रबार मध्याह्न १२ बजेतिर शौचालय जाने क्रममा लेस-नायक थापा चिप्लिएर झन्डै डेढ सय मिटर जति तल अर्जुन खोलामा खसेका थिए।

घटनाको १५ मिनेटमित्रै उनलाई उद्धार गरी लमही अस्पतालमा पुर्‍याइएको थियो। तर त्यहाँ पुर्‍याउना साथ चिकित्सकले मृत घोषणा गरेको थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077