बझाङ । इजरायलमा मारिएका बझाङका गणेश नेपालीको दाहसंस्कार गरिएको छ ।
प्यालेस्टाइनी समूह ‘हमास’को आक्रमणमा परी गत असोज २० गते मृत्यु भएका जिल्लाको जयपृथ्वी नगरपालिका ११ का गणेशको शुक्रबार सिमभाडीस्थित सेती नदी किनारमा अन्तिम संस्कार गरिएको हो ।
बिहीबार बिहान ९ बजे काठमाडौंबाट ल्याइएको शव हिजो दिउँसो १२ बजे उनको निवास भोपुर पुगेको थियो । छोराको शव देखेर भक्कानिएका गणेशका आमाबुबा अचेत अवस्थामा छन्।
‘हमास’को आक्रमणमा गणेशसहित १० जना नेपालीको मृत्यु भइसकेको छ भने एक जना विद्यार्थी विपिन जोशी अझै सम्पर्कविहीन छन् ।