Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

फिल्म ‘दिमाग खराब’को गीत‘हितैको माया’ सार्वजनिक

काठमाडौं । निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’को नयाँ गीत ‘हितैको माया’ सार्वजनिक भएको छ ।

गीतमा जयन सुब्बाको संगीत तथा सुगम पोखरेल र इन्दकला राईको स्वर छ । कलाकारहरु खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, रमा थपलिया गीतमा फिचर्ड छन् ।

मर्मस्पर्शी गीतमा आममान्छेको पारिवारिक सम्बन्ध, उनीहरु मर्म र क्रन्दनलाई चित्रण गरिएको छ । दयाहाङ राईले खगेन्द्रको पात्रलाई बोकेर हिँडेको दृश्यले मित्रता दर्शाउँछ ।

एक भुइँमान्छे कसरी सत्ता र शक्तिमा पुग्छ भन्ने यात्राको कथा पेश गर्ने मल्टिस्टारर फिल्मको केन्द्रमा खगेन्द्र छन् ।

यी बाहेक अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडाको भिनय पनि छ ।

यो फिल्म कात्तिक २४ गते प्रदर्शन तयारीमा छ । फिल्मलाई ब्ल्याक हर्स पिक्चर्स र सिनेमा आर्ट्सले मिलेर निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077