Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • मतदाता शिक्षा कार्यक्रम सञ्चालन प्रक्रिया अघि बढ्यो

    मतदाता शिक्षा कार्यक्रम सञ्चालन प्रक्रिया अघि बढ्यो

    अनलाइन नेपाल
  • आइतबार, १२ कार्तिक २०८०
  • 411
    SHARES

    काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको समन्वय र सहकार्यमा मतदाता दर्ता तथा अद्यावधिक र निर्वाचन तथा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने प्रक्रिया अघि बढाएको छ ।

    आयोगको संवैधानिक दायित्वअनुरुप निर्वाचन व्यवस्थापनसम्बन्धी कार्य स्थानीय तहसम्म लैजान आयोगले सो गृहकार्य अघि बढाएको हो । यसका लागि स्थानीय तहमार्फत मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यविधिको मस्यौदा तयार गरेको छ ।



    कार्यविधि विशेषतः स्थानीय तहमार्फत मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यविधि र निर्वाचन तथा मतदाता शिक्षा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यमा केन्द्रित रहेको छ । आयोगले कार्यविधि निर्माण गरी स्थानीय तहको समन्वय र सहकार्यमार्फत गर्न काम गर्न लागेको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले बताए ।



    संविधानको धारा २४७ बमोजिम निर्वाचन आयोगलाई आफ्नो काम पूरा गर्न आवश्यक पर्ने कर्मचारी र अन्य सहयोग नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले उपलब्ध गराउनेछ भन्ने व्यवस्था भएबमोजिम आयोगले सो मस्यौदा तयार गरेको हो । नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार