Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गुटरेसको सम्बोधनका दिन औपचारिक पोशाक लगाउन सांसदहरुलाई सभामुखको अनुरोध

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले संघीय संसदमा गर्ने सम्बोधनको सूचना प्रतिनिधि सभाको बैठकमा सुनाइएको छ ।

सभामुख देवराज घिमिरेले आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा महासचिव गुटरेसले मंगलबार दिउँसो ४ बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको जानकारी गराएका हुन् ।

गुटरेसको सम्बोधन हुनु भन्दा १५ मिनेट अगाडि सांसदहरुलाई उपस्थित भइसक्न सभामुख देवराज घिमिरेले अनुरोध गरेका छन् । साथै उनले औपचारिक पोशाकमा आउन समेत भनेका छन् ।

संसद बैठकमा सभामुख घिमिरेले भने–‘उक्त दिन औपचारिक पोशाकमा उपस्थित भइदिनुहुन अनुरोध गर्दछु ।’ गुटरेस चारदिने औपचारिक भ्रमणका लागि आइतबार राति नेपाल आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077