Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

धर्मेन्द्र बाँस्तोलालाई १३ दिनपछि अदालत उपस्थित गराइँदै

दाङ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (क्रान्तिकारी कम्युनिष्ट पार्टी) का प्रवक्ता धर्मेन्द्र बाँस्तोलालाई १३ दिनपछि अदालत उपस्थित गराइने भएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक रामबहादुर केसीका अनुसार सोमबार उनलाई अदालत उपस्थित गराउन लागिएको हो । आइतबार बाँस्तोलालाई बयानका लागि जिल्ला सरकारी वकिल कार्यालय लगिएको थियो। सरकारी वकिल कार्यालयमार्फत् बाँस्तोलालाई सोमबार अदालत उपस्थित गराउन लागिएको हो।

गत कात्तिक २ गतेदेखि बाँस्तोला प्रहरी नियन्त्रणमा छन्। दसैं बिदाका कारण बाँस्तोलालाई १३ दिनपछि अदालत उपस्थित गराउन लागिएको हो। नेता बाँस्तोलाले चलाएको गाडीले रा ६ प ५७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ सिङ्गे नजिकै बाँस्तोलाले चलाएको बा ९ च ७१९८ नम्बरको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ का २९ वर्षीय बसन्तराम चौधरीको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077