Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

टी–२० विश्वकप छनोट : नेपालको आक्रामक ब्याटिङ, कुशलको अर्धशतक

काठमाडौं । आइसिसी टी–२० विश्वकप २०२४ अन्तर्गत एसिया छनोटअन्तर्गत नेपालका कुशल मल्लले सिंगापुरविरुद्ध अर्धशतक पूरा गरेका छन् । उनले २६ बलमा अर्धशतक पूरा गरेका छन् ।

कुशलले २ छक्का र ६ चौका प्रहार गरेका छन् । १४६ रनको लक्ष्य पछ्याइरहेको नेपालले आक्रामक ब्याटिङ गर्दै ९ ओभरमा एक विकेटको क्षतिमा ८४ रन जोडेको छ ।

कुशलले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सातौं पटक अर्धशतक बनाएका हुन् । नेपालका आशिफ शेख २७ रन बनाएर आउट भएका छन् ।

अहिले नेपालका कप्तान रोहित पौडेल र कुशल भुर्तेलले ब्याटिङ गरिररहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077