Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

टी–२० विश्वकप छनोट : नेपालको शानदार जित, सिंगापुर ८ विकेटले पराजित

काठमाडौं । आइसिसी टी–२० विश्वकप २०२४ अन्तर्गत एसिया छनोटअन्तर्गत नेपालमा जारी खेलमा नेपालले सिंगापुरमाथि जित हात पारेको छ । टियू क्रिकेट मैदान किर्तिपुरमा भएको खेलमा नेपाल ८ विकेटले विजयी भएको हो ।

सिंगापुरले टस जितेर दिएको १४६ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले २ विकेटको क्षतिमा १६.४ ओभरमा उक्त रनको लक्ष्य प्राप्त गरेको हो ।

नेपालका लागि कुशल भुर्तेल ७४ रनमा आउट हुँदा आशिफ शेख २७ रनमा आउट भएका थिए । नेपालका लागि कप्तान रोहित पौडेल ३५ रन बनाए भने कुशल मल्लले १ बलमा छक्का प्रहार गर्दै नेपाललाई जित दिलाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077