Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

टी–२० विश्वकप क्रिकेट छनोटः बहराइनविरूद्ध पाँच विकेटले यूएई विजयी

काठमाडौं । टी—२० विश्वकप क्रिकेट प्रतियोगिताको एसियाली क्षेत्रको अन्तिम चरणको छनोट खेलमा सोमबार संयुक्त अरब इमिरेट्स (यूएई) ले बहराइनलाई पाँच विकेटले हराएको छ ।

काठमाडौँको मुलपानी क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको बहराइनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ३५ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको यूएईले भने १८.२ ओभरमा पाँच विकेट गुमाएर एक सय ३७ रन बनाउँदै विजयलक्ष्य पार गरेको थियो ।

यूएईको जितमा तल्लो क्रमका ब्याट्सम्यान अली नासिरले अविजित ४८ रनको योगदान गरे । उनले २६ बलमा तीन छक्का र चार चौका पनि हिर्काए । एलिसन सराफुले पनि टोलीको खातामा २७ रन थपे । आसिफ खानले पनि २३ रन बनाए । कप्तानसमेत रहेका ओपनर ब्याट्सम्यान मुहम्मद वसिमले १२ रन जोडे । बासिल हमिद ११ रनमा अविजित रहे ।

बहराइनका बलर रिजवान बटले दुई विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको बहराइनका लागि हैदर बटले अर्धसतकीय पाली खेलेका थिए । उनले ४३ बलको सामना गरी दुई छक्का र पाँच चौकाको मद्दतले अविजित ५९ रन बनाएका थिए । उनको त्यो अर्धसतक पनि टोलीको जितका लागि अपर्याप्त बन्यो ।

बहराइनका लागि सोहेल अहमदले पनि २८ रन बनाएका थिए । जुनैद अजिजले टोलीको खातामा २५ रन थपेका थिए । यूएईका बलर जुनैद सिद्धकी र आयान अफजल खानले दुई—दुई विकेट हात पारेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077