Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दिपेन्द्रले टी–२० विश्वकप छनोटका खेल गुमाउने

काठमाडौं । क्रिकेटर दिपेन्द्र सिंह ऐरीले टी–२० विश्वकपको एसियाली छनोटका सबै खेल गुमाउने संभावना बढेको छ ।

सोमबार सिंगापुरसँगको खेलअघि अभ्यास गर्ने क्रममा ऐरीको गोलीगाँठोमा चोट लागेको थियो । त्यसैले उनको ठाउँमा सिंगापुरसँगको खेलमा विवेक यादवलाई प्लेइङ ११ मा राखिएको थियो ।

ऐरीलाई घाइते भए लगत्तै उपचारका लागि मेडसिटी अस्पताल लगिएको थियो । अस्पतालबाट उनी ब्यान्डेज बाँधेर र बैशाखी टेकेर त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा फर्केका थिए ।

नेपालले भोलि मलेसिया र बिहीबार ओमानसँग खेल्नेछ। त्यसपछि शुक्रबार सेमिफाइनल र आइतबार फाइनल हुनेछ। त्यसअघि उनी मैदान फर्कने सम्भावना न्यून छ।

अघिल्लो साता नेपालमै भएको हङकङ र युएईविरूद्धको टी–२० सिरिजमा दीपेन्द्रले उत्कृष्ट खेल देखाएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077