Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • प्रसाईंलाई गिरफ्तार गर्न प्रचण्डसँग बिन्ती बिसाएको छैन्, त्यस्तासँग झुक्दिँन : ओली

    प्रसाईंलाई गिरफ्तार गर्न प्रचण्डसँग बिन्ती बिसाएको छैन्, त्यस्तासँग झुक्दिँन : ओली

    अनलाइन नेपाल
  • सोमबार, १३ कार्तिक २०८०
  • 1.4K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई गिरफ्तार गर्न भनेर प्रधानमन्त्रीसँग आग्रह नगरेको स्पष्ट पारेका छन् ।

    गण्डकी प्रदेश अधिवेशनबाट निर्वाचित पदाधिकारीको शपथ समारोहलाई सोमवार पोखरामा सम्बोधन गर्दै ओलीले प्रसाईंलाई पक्राउ गर्न पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बिन्ती नबिसाएको स्पष्ट पारेका हुन् ।



    प्रसाईँलाई पक्राउ गर्न ओलीले प्रधानमन्त्री ‘प्रचण्ड’लाई दबाब दिएको भन्ने समाचार सार्वजनिक भएको सन्दर्भमा उनले आफ्नो शिर काटिए पनि ‘प्रचण्ड’सँग नझुक्ने बताए।



    ‘अहिले दुर्गा प्रसाईंसँग ओली किन डराएको छ ? किन डरायो भनेर लेखेका छन् । प्रचण्डलाई भेटेर मैले उनलाई गिरफ्तार गर्दिन पर्‍यो भनेर बिन्ती बिसाए रे !’ ओलीले भने, ‘काटिएर जाओस् बरु यो शीर, त्यस्तासँग झुक्दैन । भोकै मर्छ होला घाँसका त्यान्द्रा टिप्न बाघ जाँदैन ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार