Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

इजरायलमा मारिएका सबै नेपाली विद्यार्थीको शव पहिचान, शव पठाउने व्यवस्था मिलाइँदै

काठमाडौं । इजरायलमा प्यालेस्टाइनी लडाकु समूह हमासले गरेको आक्रमणमा परी इजरायलमा मारिएका सबै १० जना नेपाली विद्यार्थीको शव पहिचान भएको छ । सोमवार बाँकी दुई जनाको पहिचान भएसँगै दशै जनाको पहिचान भएको हो ।

तेल अविवस्थित नेपाली राजदूतावासका अनुसार सोमबार मधुवन–१ सुनसरीका राजेशकुमार स्वर्णकार र सपही –६ धनुषाका अनन्द साहको शव पहिचान भएको छ ।

‘आवश्यक प्रक्रिया पुरा गरी पहिचान भएका सबै शव यथाशीघ्र स्वदेश पठाउने व्यवस्था मिलाइँदैछ’, दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

इजरायलमा हमासको आक्रमणबाट यसै महिना १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो । एकजना अझै बेपत्ता छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077