काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासविरुद्धको युद्ध विराम गर्न अस्वीकार गरेका छन् । इजरायलमाथि युद्ध विराम रोक्न दबाब परिरहेका बेला प्रधानमन्त्री नेतन्याहुले युद्ध विरामको सम्भावनालाई नकार्दै बरु यो युद्धको समय भएको बताएका हुन् ।
इजरायलको तेल अभिभमा उनले भने, ‘जसरी अमेरिका पर्ल हार्बरमा बम विस्फोट वा ९/११ आक्रमणपछि युद्धविरामको लागि तयार भएन, त्यसैगरी इजरायल पनि अक्टोबर ७ को आक्रमणपछि हमाससँग युद्धविराम गर्न राजी छैन।’
उनले भने, ‘त्यसैले यो युद्धको समय हो। यो युद्ध हाम्रो साझा भविष्यका लागि हो।’ यही अक्टोबर ७ तारिखका दिन प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा एक्कासि आक्रमण गरेपछि इजरायलले गाजामा लगातार बमबारी गरिरहेको छ। सो आक्रमणमा १० नेपालीहरुसहित १४ सय जना मारिएका थिए ।
त्यसलगत्तै इजरायलले युद्धको घोषणा गर्दै हमासलाई लक्षित गर्दै गाजा क्षेत्रमा हवाई र स्थल आक्रमण जारी राखेको छ ।