Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सेनाप्रति घृणा फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ

काठमाडौं । नेपाली सेनाप्रति घृणा फैलाउने अभिव्यक्ति दिएको आरोपमा प्रहरीले डिल्लीराम खनाललाई पक्राउ गरेको छ ।

सामाजिक सञ्जालमा आक्रामक अभिव्यक्ति दिएर चर्चामा आउने गरेका खनाललाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो ।

उनले सेनाप्रति घृणा र द्वेष फैलाउने सामग्री प्रकाशन तथा प्रदर्शन गरेको भन्दै सेनाले साइबर ब्युरोलाई पत्र लेखेको थियो।

सोही पत्रको आधारमा खनाललाई पक्राउ गरिएको हो। उनलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत, काठमाडौंले अनुमतिसमेत दिइसकेको छ ।

खनाल यसअघि पनि पक्राउ परेका थिए । अभिनेत्री करिश्मा मानन्धरको बारेमा दिएको अभिव्यक्तिका कारण उनलाई ब्यूरोले पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077