Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • ‘शान्ति प्रक्रियादेखि जलवायु परिवर्तनका विषयमा गुटेरेसको सम्बोधन नेपालका लागि निकै राम्रो’

    ‘शान्ति प्रक्रियादेखि जलवायु परिवर्तनका विषयमा गुटेरेसको सम्बोधन नेपालका लागि निकै राम्रो’

    अनलाइन नेपाल
  • मंगलबार, १४ कार्तिक २०८०
  • 711
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संसद्‌मा गरेको सम्बोधन नेपालका लागि निकै राम्रो भएको बताएका छन् ।

    मंगलबार संसद् भवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सो कुरा बताएका हुन् ।



    ओलीले नेपालको शान्ति प्रक्रियादेखि जलवायु परिवर्तनलगायतका विषयमा महासचिव गुटेरेसले व्यक्त गरेको अभिव्यक्ति निकै राम्रो भएको बताए ।



    नेपालको राम्रो मूल्याङ्कन गरेको, विपन्न राष्ट्रहरूलाई सम्पन्न राष्ट्रहरूले सहयोग गर्नुपर्ने तथा जलवायु परिवर्तनको असरमा नेपालको सजकताको गुटेरेसले विशेष प्रशंसा गरेको ‌उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार