Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शर्माविरुद्ध एनआरएनएका निर्वाचित अध्यक्ष केसीले पनि दिए प्रहरीमा उजुरी

काठमाडौं । एनआरएनएका निर्वाचित अध्यक्ष डा. बद्री केसीले पनि आरके शर्माविरुद्ध प्रहरीमा उजुरी दिएका छन् । हिजो एनआरएनए कार्यालयभित्र भएको घटनालाई लिएर अध्यक्ष केसीले पनि प्रहरीमा जाहेरी दिएका हुन् ।

यता पराजित समूहका अध्यक्ष आरके शर्माले पनि पूर्वमन्त्री महेश बस्नेत र बद्री केसीविरुद्ध उजुरी दिएका थिए । संस्थापन पक्षले एनआरएनएको कार्यालयभित्र अनाधिकृत हस्तक्षेप गरिएको भन्दै घटनामा संलग्नलाई पक्राउ गरि कारवाही गर्न माग गरेको छ ।

नवनिर्वाचित संघका पदाधिकारीहरूलाई पूर्वमन्त्री महेश बस्नेत उपस्थित भई बधाई दिइरहेको बेलामा पराजित समूहका केही व्यक्तिहरू प्रवेश गरि होहल्ला र अवरोध पुर्याएको उल्लेख छ ।

आरके शर्मा, बुद्धिसागर सुबेदी, गंगाधर गौतम, यादव ढुंगना, ओम शर्मालगायत व्यक्तिहरू संघमा अनुमतिबिना कार्यालय प्रवेश गरी पूर्वमन्त्री बस्नेत र निर्वाचित अध्यक्ष डा. बद्री केसीउपर अनर्गल गाली गलौच गर्ने, अनुमतिबिना फोटो खिच्ने , ब्यक्तिगत चरित्र हत्या गर्ने र कार्यालयका कर्मचारीलाई डर९धम्की देखाएर कार्यालय आउन नस्कने अवस्था बनाएको उजुरीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077