Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • राष्ट्रियसभा चुनावको मितिबारे सरकारसँग परामर्श गर्दै निर्वाचन आयोग

    राष्ट्रियसभा चुनावको मितिबारे सरकारसँग परामर्श गर्दै निर्वाचन आयोग

    अनलाइन नेपाल
  • बुधबार, १५ कार्तिक २०८०
  • 435
    SHARES

    काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभामा रिक्त हुन लागेको १९ सिटका लागि निर्वाचन गर्न प्रस्ताव गरेको छ ।

    राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी माघ १० गते आसपासमा निर्वाचन गर्न प्रस्ताव गरेका हुन् ।



    निर्वाचन दिनेशकुमार थपलियाका अनुसार राष्ट्रिय सभामा आगामी फागुन २० गते रिक्त हुने १९ पदका लागि माघ १०, ११ वा १२ मा निर्वाचन गर्ने गरी तयारी अगाडि बढाइएको छ ।



    राष्ट्रिय सभा सदस्यहरुको पद रिक्त हुने एक महिना अगाडि नै निर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्था छ । निर्वाचनको मितिबारे सरकारसँग परामर्श भइरहेको प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी दिए ।

    निर्वाचन आयोगसँगको परामर्शमा मन्त्रिपरिषद बैठकले अन्तिम निर्णय गर्दछ ।यस्तै प्रतिनिधिसभामा रिक्त रहेको १ सिट, प्रदेशसभामा २ सिट र स्थानीय तहमा २४ स्थानमा उपयुक्त समयमा उपनिर्वाचन गर्न आयोग तयार रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार