Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • संसद्को चालु अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

    संसद्को चालु अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

    अनलाइन नेपाल
  • बिहिबार, १६ कार्तिक २०८०
  • 618
    SHARES

    काठमाडौं । संघीय संसदको चालु अधिवेशन अन्त्य गर्न सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

    बिहीबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले संसदको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो ।



    बैठकले संसदको चालु अधिवेशन बुधबार राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।



    संसद बिहीबार बिहान ११ बजे बस्ने बैठकमा शीर्ष नेताहरुले सम्बोधन गरेर संसदको चालु अधिवेशन आज मध्यरातिदेखि अन्त्य हुनेछ ।

    यसअघि बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलमा बुधबारदेखि संसदको अधिवेशन अन्त्य गर्ने सहमति भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार