Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • जनयुद्ध दिवस मनाउने प्रस्ताव संसदबाट पारित गर्न सरकारलाई एमालेको चुनौती

    जनयुद्ध दिवस मनाउने प्रस्ताव संसदबाट पारित गर्न सरकारलाई एमालेको चुनौती

    अनलाइन नेपाल
  • बिहिबार, १६ कार्तिक २०८०
  • 459
    SHARES

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकारलाई फागुन १ गते बिदा दिने प्रस्ताव संसदबाट पारित गरेर देखाउन चुनौती दिएका छन् ।

    बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उपाध्यक्ष पौडेलले माओवादी सशस्त्र युद्ध सुरु भएको दिन सार्वजनिक बिदा दिने निर्णय सरकारले फिर्ता लिनुपर्ने बताएका हुन् ।



    उनले सरकारले फागुन १ गते बिदा दिने नै हो भने संसदबाट पारित गर्नुपर्ने बताए । उपाध्यक्ष पौडेलले जनयुद्ध दिवस मनाउने निर्णय गरेर यो गठबन्धन बनेको र कांग्रेस पनि त्यसैमा सहभागी भएको टिप्पणी गरे।



    उपाध्यक्ष पौडेलले भने,‘यदि यो सरकारलाई फागुन १ गते युद्ध दिवश मनाउनु ठीक हो भन्ने लाग्छ भने यो सदनमा प्रस्तुत गरेर पारित गरोस् । त्यसको परीक्षण गर्न सरकार तयार छ ? सरकार यो गलत निर्णयबाट पछाडि हटोस् । यदि पछाडि हट्न चाहदैन भने सदनमा ल्याओस् ।’

    फागुन १ गते नेपालमा हिंसाको आरम्भ भएको भन्दै पौडेलले त्यस दिन उत्सवको दिन हुन नसक्ने जिकिर गरे ।

    मुलुक समृद्धिको दिशामा अघि बढिरहेकाले युद्ध दिवश मनाउनु उचित नहुने उनको भनाइ छ । उनले संसदले गर्ने निर्णय मान्न सरकार तयार हुनुपर्ने बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार