Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इजरायलका राष्ट्रपति इसाकको प्रतिबद्धता - विपीनको खोजीमा कुनै कसर बाँकी राख्दैनौं

काठमाडौं । इजरायलका राष्ट्रपति इसाक हर्जोगले हमासको आक्रमणमा बेपत्ता भएका नेपाली विद्यार्थी विपीन जोशीको खोजी गर्ने प्रतिबद्धता जनाएका छन् ।

इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले विपीनको खोजीका लागि गरेको आग्रहमा राष्ट्रपति हर्जोगले जोशीको खोजीमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका हुन् ।

राष्ट्रपति निवासमा करिब एक घण्टासम्म चलेको भेटमा राजदूत रिजालले विपीनको खोजीका लागि इजरायलबाट नेपालले अझै सार्थक प्रयासको अपेक्षा गरेको बताएकी थिइन् ।

जवाफमा राष्ट्रपति हर्जोगले घाइतेहरूको उपचारको व्यवस्था इजरायल सरकारले गर्ने र हराइरहेका विपीनको खोजीमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077