Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विमानस्थलमै झगडा गर्ने पाइलटमाथि उडान प्रतिबन्ध

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले मन्थली विमानस्थलमा हात हालाहाल गर्ने दुई पाइलटलाई ग्राउण्डेड गरेको छ ।

तारा एयरका क्याप्टेन सन्तोष शाह र सञ्जीव श्रेष्ठको लाइसेन्स सस्पेन्समा परेको हो । उनीहरुबारे थप अनुसन्धान हुने र कारवाही प्रक्रिया अगाडि बढाइने प्राधिकरणले जनाएको छ ।

शुक्रबार बिहान लुक्लाबाट रामेछापस्थित मन्थली विमानस्थलमा जहाज अवतरण गराएका पाइलटबीच जहाजबाट झरेपछि कुटाकुट भएको थियो ।

घटना सार्वजनिक भएसँगै विमान कम्पनीले उनीहरूलाई उडानमा प्रतिबन्ध लगाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077