Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सहमति बेगर मन्त्रिपरिषद विस्तार गरे सरकारमा नबस्ने एमालेको चेतावनी

    सहमति बेगर मन्त्रिपरिषद विस्तार गरे सरकारमा नबस्ने एमालेको चेतावनी

    अनलाइन नेपाल
  • शुक्रबार, १७ कार्तिक २०८०
  • 636
    SHARES

    विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले सहमति बेगर नै मुख्यमन्त्रीले सरकार विस्तार गरे आफुहरु सरकारमा नबस्ने बताएका छन्।

    मुख्यमन्त्री केदार कार्कीले माओवादीका गणेश उप्रेती र एकीकृत समाजवादीका कमल जवेगुलाई मन्त्रीको शपथ गराउने तयारी गरेपछि उनले यस्तो बताएका हुन् ।



    एमालेको सहयोगमा कांग्रेसबाट विद्रोह गरेर कोशीको मुख्यमन्त्री बनेका कार्कीलाई एमालेले गठबन्धनका अन्य दललाई सरकारमा सामेल नगराउन भन्दै आएको छ।



    मुख्यमन्त्री कार्कीले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट एक एक जना मन्त्री नियुक्त गर्ने तयारी गरेको मुख्यमन्त्री निकट स्रोले बतायो ।

    माओवादी केन्द्रबाट गणेशप्रसाद उप्रेती सुशिल र नेकपा एकीकृत समाजवादीबाट कमल जबेगुलाई मन्त्रीका लागि नाम सिफारिस गरिसकेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार