Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नेपालमा संयुक्त अभ्यास गर्दै ९ देशका सेना, ४४ अमेरिकी सेना सहभागी हुने

काठमाडौं । नेपालमा अमेरिकासहित ९ देशका सेनाले विपद् व्यवस्थापन सम्बन्धी संयुक्त अभ्यास गर्ने भएका छन् । विपद् व्यवस्थापन अभ्यास तथा अनुभव आदानप्रदानको छैटौं संस्करण सञ्चालन हुन लागेको हो ।

नेपाली सेना र अमेरिकी सेनाको प्यासिफिक कमाण्डको आयोजनामा हुने अभ्यास २० गतेदेखि २४ गतेसम्म सञ्चालन हुनेछ ।

नेपाली सेनाका अनुसार विपद् व्यवस्थापन तथा मानवीय सहयोगको क्षेत्रमा अनुभव आदानप्रदान गरी विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उदेश्यले सन् २०११ देखि यस्तो अभ्यास सञ्चालन हुँदै आएको छ ।

उक्त तालिम अभ्यासमा विपद् व्यवस्थापन कार्यमा नेपालबाट सबैभन्दा बढी २१० जना सहभागी हुनेछन् । नेपाली सेनासँगै विपद व्यवस्थापन कार्यमा आबद्ध नेपालका सरकारी तथा गैर सरकारी निकायबाट पनि तालिममा सहभागी गराइने छ।

अमेरिकी सेनाको प्यासिफिक कमाण्डबाट ४४ जना सहभागी हुनेछन्। यस्तै भारत, मालदिभ्स, मंगोलिया, थाइल्याण्ड, श्रीलंका, क्यानडा र बेलायतबाट १६ जना गरी २७० जना सहभागी हुने नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077