Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

बद्री केसी नेतृत्वको एनआरएनएले भूकम्प पीडितलाई १० लाख सहयोग गर्ने

काठमाडौं । गैरआवासीय नेपाली संघले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परि जाजरकोट र रुकुम पश्चिम लगायतका क्षेत्रमा प्रभावितहरुको लागि आर्थिक सहयोग गर्ने भएको छ ।

एनआरएनएका अध्यक्ष डा बद्री केसी र महासचिव गौरीराज जोशीले आज एक विज्ञप्ति जारी गर्दै संघको तर्फबाट पहिलो चरणमा सरकारको राहत कोषमा तत्काल १० लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

जारी विज्ञप्तिमा भनिएको छ,'जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति गएको ६.४ रेक्टर स्केलको भूकम्पले जाजरकोट र रुकुम पश्चिम लगायतका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको खबरले गैरआवासीय नेपाली संघ अत्यन्त दुखित भएको छ । भूकम्पमा परी ज्यान गुमाएकाहरुप्रति सम्पूर्ण गैरआवासीय नेपालीहरुको तर्फबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको स्वास्थ्य लाभको कामना गर्दछौँ ।'

गैरआवासीय नेपाली संघले भूकम्प प्रभावित क्षेत्रमा उद्दार, राहत र पुर्ननिर्माणमा सदा झैँ गैरआवासीय नेपाली संघ सरकारसँग सहकार्य गर्न तत्पर रहेको जनाएको छ ।

भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतका लागि आर्थिक सहयोग संकलन तथा अन्य आवश्यक कार्यमा यथाशक्य छिटो जुट्न संघका सबै राष्ट्रिय समन्वय परिषद्हरु तथा विदेशमा रहेका गैरआवासीय नेपालीहरुलाई संघले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077