Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • भूकम्प पीडितलाई सुदूरपश्चिम प्रदेशले एक करोड सहयोग गर्ने

    भूकम्प पीडितलाई सुदूरपश्चिम प्रदेशले एक करोड सहयोग गर्ने

    अनलाइन नेपाल
  • शनिबार, १८ कार्तिक २०८०
  • 258
    SHARES

    धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले भूकम्प पीडितलाई राहत दिन एक करोड रुपैयाँ उपलब्ध गराउने भएको छ।

    आज बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभावितहरूको राहतका लागि एक करोड रूपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो।



    प्रदेश सरकारले जनधनको क्षतिको बारेमा आकस्मिक बैठक बसी तत्काल एक करोड रकम कर्णाली प्रदेश सरकारमार्फत दिइने निर्णय गरेको छ ।



    प्रभावित क्षेत्रमा २० जना स्वास्थ्यकर्मीको टोली सुदूरपश्चिमबाट पठाउने निर्णय पनि भएको छ।

    स्वास्थ सामाग्रीसहित स्वास्थ्यकर्मीको टोली शनिबार नै प्रभावित ठाउँका लागि जाने छ।

    शुक्रबार राति ११:४७ बजे जाजरकोट केन्द्रविन्दु भएर ६ दशमलव ४ रेक्टरस्केलको भुकम्प गएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार