Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • भूकम्प प्रभावित क्षेत्र बाहेक अन्य क्षेत्रमा विद्युत् सुचारु

    भूकम्प प्रभावित क्षेत्र बाहेक अन्य क्षेत्रमा विद्युत् सुचारु

    अनलाइन नेपाल
  • शनिबार, १८ कार्तिक २०८०
  • 543
    SHARES

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले जाजरकोट र रूकुम पश्चिममा भूकम्पले घर भत्काएको ठाउँमा बाहेक अन्य स्थानमा विद्युत् सुरू गरेको छ।

    प्राधिकरणबाट खटिएको टोलीले लाइन तथा पोलहरुको मर्मतसम्भार गरी विहान १० बजेपछि विद्युत् सेवा सुरु गरेको हो ।



    भूकम्पका कारण पोल तथा लाइनहरुमा क्षति पुग्दा त्यस क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको थियो ।



    घरहरू भत्किएको ठाउँमा उद्धार कार्य जारी रहेको र यस्तो अवस्थामा विद्युत् लाइन दिँदा थप दुर्घटना हुने भएकाले त्यहाँ आपूर्ति बन्द गरिएको उल्लेख छ।

    धेरै घर भत्किएको क्षेत्रमा मात्र लाइन काटिएको र अन्य स्थानमा विद्युत् नियमित रूपमा आपूर्ति भइरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार