Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • जाजरकोट भूकम्प : दुःख व्यक्त गर्दै रुसी राष्ट्रपति पुटिनले पठाए राष्ट्रपति पौडेललाई पत्र

    जाजरकोट भूकम्प : दुःख व्यक्त गर्दै रुसी राष्ट्रपति पुटिनले पठाए राष्ट्रपति पौडेललाई पत्र

    अनलाइन नेपाल
  • शनिबार, १८ कार्तिक २०८०
  • 771
    SHARES

    काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमीर पुटिनले गएराति पश्चिम नेपालमा गएको विनाशकारी भूकम्पबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

    उनले राष्ट्रपति रामचन्द्र पौडेललाई शनिबार एक पत्र पठाउँदै प्राकृतिक विपत्तिको यस दुखद् घटनाबाट पीडित नेपालीप्रति गहिरो संवेदना प्रकट गरेका हुन् ।



    राष्ट्रपति पुटिनले भूकम्पबाट पीडितहरूका आफन्त तथा शुभेच्छुक नेपाली जनताप्रति आफ्नो साथ, सहयोग र सहानुभूति रहेको उल्लेख गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।



    गएराति जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १५७ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार