Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भूकम्पबाट क्षति भएका संरचनाको र्निर्माण एक वर्षभित्र सक्ने सरकारको निर्णय

काठमाडौं । सरकारले जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट क्षति भएका संरचनाहरूको पुनर्निर्माण कार्य एक वर्षभित्र सक्ने निर्णय गरेको छ।

सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद बैठकले जाजरकोटलाई आधार मानेर भूकम्पबाट क्षति भएका संरचनाहरुको पुनर्निर्माण कार्य अघि बढाउने निर्णय गरेको हो।

बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पुनर्निर्माण कार्य अघि बढाउँदा भूकम्प प्रतिरोधात्मक संरचना एक वर्षभित्र निर्माण गरिसक्ने निर्णय भएको जानकारी दिइन्।

खोज, उद्धार, तत्काल राहत र घाइतेहरुको निःशुल्क उपचारमा प्राथमिकता दिनुका साथै भूकम्पबाट विस्थापित भएका परिवारलाई अस्थायी आवास, खाद्यान्न र सुरक्षा प्रबन्ध मिलाउने बैठकले निर्णय गरेको छ।

शुक्रबार राती जाजरकोटको बारेकोट गाउँपालिका १ रामीडाँडालाई केन्द्रविन्दु बनएर गएको भूकम्पमा परी १७५ जनाको मृत्यु भएको भने करिब २ सय जना घाइते भएका छन्। अधिकांश भौतिक संरचना क्षतिग्रस्त भएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077