Online Nepal
  • शुक्रबार, १६ साउन २०८२
  • गृह मन्त्रालयको चेतावनी – सामाजिक सद्भाव बिगार्ने गरी टिकटक बनाउनेलाई कारबाही गर्छौं

    गृह मन्त्रालयको चेतावनी – सामाजिक सद्भाव बिगार्ने गरी टिकटक बनाउनेलाई कारबाही गर्छौं

    अनलाइन नेपाल
  • आइतबार, १९ कार्तिक २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । गृह मन्त्रालयले सामाजिक सद्भाव बिगार्ने गरी टिकटक भिडिओहरू बनाएर पोस्ट गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ।

    गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै सामाजिक सद्भाव बिगार्ने, घृणा तथा विद्वेष फैलाउने, विशिष्ट व्यक्तिहरूको मानमर्दन गर्ने र अश्लिल खालका गतिविधि पोस्ट गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याइने चेतावनी दिएको हो।



    मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराईले विज्ञप्ति निकालेर सामाजिक सद्भाव बिगार्ने व्यक्ति पहिचान गरी कारबाही दायरामा ल्याउन अब सहज भइसकेको पनि उल्लेख गरेका छन्।

    प्रहरीको साइबर ब्यूरो र सरकारी निकाय तथा टिकटकको कार्यालय सिंगापुरबीच सहकार्य बढाउन कात्तिक १७ गते छलफलसमेत भएको थियो। उक्त छलफलले सामाजिक सद्भाव बिगार्नेलाई कानुनी दायरामा ल्याउन सहज भएको गृह मन्त्रालयको भनाइ छ।

    टिकटकका प्रतिनिधिहरुसँग गृह मन्त्रालयमा भएको बैठकमा गृह मन्त्रालयसहित सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सुरक्षा निकाय लगायतका सरकारी निकायका प्रतिनिधिहरु सहभागी थिए ।

    टिकटक लगायतका सामाजिक सञ्जालको मर्यादित र कानुनसम्मत प्रयोगले नयाँ कुराहरु जानकारी लिन दिन र सामाजिक सम्पर्कमा रहन सहयोग पुर्‍याउने भन्दै गृह मन्त्रालयले गलत सामग्रीले व्यक्ति तथा समाजलाई नकारात्मक प्रभाव पर्ने, व्यक्तिको चरित्र हत्या गर्ने, शान्ति सुरक्षाको अवस्था बिगार्ने, जातीय, भाषिक, धार्मिक सदभाव खल्बल्याउने र राष्ट्रिय एकता तथा राष्ट्रहितमा प्रतिकूल असर पार्ने लगायतका दुष्प्रभाव सिर्जना गर्नेतर्फ सचेत गराएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार