Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विराटले बराबरी गरे सचिन तेन्दुलकरको कीर्तिमान

काठमाडौं । भारतीय ब्याटर विराट कोहलीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पूर्वक्रिकेटर सचिन तेन्दुलकरको रेकर्ड बराबरी गरेका छन् ।

आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत दक्षिण अफ्रिकासँगको खलमा शतक बनाउँदै कोहलीले एकदिवसीयमा ४९ औँ शतक बनाएका हुन् ।

४९ औँ शतक बनाएका कोहलीले तेन्दुलकरसँगको रेकर्ड बराबरी गरेका हुन् । यसअघि एकदिवसीय क्रिकेटमा सर्वाधिक शतक बनाउने रेकर्ड तेन्दुलकरको नाममा थियो ।

तेन्दुलकरले ४५२ इनिङ्समा ४९ औँ शतक पूरा गरेका थिए । कोहलीले मात्र २७७ इनिङ्समा ४९ औँ शतक पूरा गरे । यस्तै विराट आफ्नो जन्मदिनमा विश्वकपमा शतक बनाउने पहिलो भारतीय तथा विश्वका सातौँ ब्याटर भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077