Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नक्कली नोट छापिरहेका गुरुङ कपनबाट पक्राउ

काठमाडौं । प्रहरीले नक्कली नेपाली नोटसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा डोल्पाको साविक भिजेर गाविका–८ घर भई हाल काठमाडौं–६ मा बस्दै आएका २९ वर्षीय कार्मा लुण्डुप गुरुङ रहेका छन्।

सरस्वती नगरमा नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचना पाएपछि प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरी टोलीले गुरुङलाई पक्राउ गरेको हो।

माहांकाल सेचेन गुम्बा नजिकै एक घरको भुइँ तल्लामा बस्दै आएका उनलाई विभिन्न मेसिनरी सामान, नक्कली नोट र नेपाली नगदसहित नियन्त्रणमा लिइएको प्रहरी प्रभाग कपनले जनाएको छ । उनलाई थप कारबाहीका लागि बौद्ध प्रहरीमा पठाइएको छ।

उनको साथबाट नक्कली नोटको फोटोकपी गर्ने मेसिन एक थान, डिजिटल तराजु सानो एक थान, मोबाइल दुई थान, नक्कली नोट एक हजार लेखिएको २२५ थान, नेपाली नोट नगद २६ हजार ८ सय, एक थान ल्यापटप र पैसा छाप्न प्रयोग हुने मसीको बट्टा चार थान बरामद गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077