Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

देश शोकमा डुबेका बेला माधव नेपाल आज चीन भ्रमणमा जाँदै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल आज चीन भ्रमणमा जाँदैछन् । १४ सदस्यीय जम्बो टोलीका साथ अध्यक्ष नेपाल आज चीन जान लागेका हुन् ।

टोली साँझ ५ बजे चीन जान लागेको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ। टोलीमा कृषिमन्त्री बेदुराम भुषाल पनि सहभागी छन् ।

नेपाल नेतृत्वको टोलीले युनान प्रान्तको खुमनिङ शहरबाट भ्रमण शुरु गर्नेछन् । नेपालको टोलीसँग बुधबार युनान प्रान्तका चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुसँग छलफल कार्यक्रम राखिएको छ ।​

युनान प्रान्तको आधुनिक कृषि प्रविधिका बारेमा टोलीलाई जानकारी दिने र युनान र नेपाल सरकारबीच कृषि प्रविधि आदानप्रदानका विषयमा छलफल हुने जनाइएको छ । ​टोली कार्तिक २८ गते स्वदेश फर्किने कार्यतालिका छ ।

जाजरकोटको रामिडाँडा केन्द्र भएर शुक्रबार राति ६‍.४ रेक्टरको भूकम्प गएको थियो । भूकम्पमा परी १५३ जनाको मृत्यु भएको छ भने करिब २०० घाइते अवस्थामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077