Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

माधव नेपाल भन्छन् - वर्तमान राजनीतिक व्यवस्था जोगाउन एकता र सहकार्य आवश्यक

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान राजनीतिक व्यवस्था जोगाउनका लागि पार्टीहरूका बीचमा एकता र आपसी सहकार्यको आवश्यकता रहेको टिप्पणी गरेका छन् ।

मंगलबार सर्वदलीय बैठकमा सहभागी भएर निस्किने क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले यस्तो टिप्पणी गरेका हुन् ।

अध्यक्ष नेपालले वर्तमान राजनीतिक व्यवस्थालाई जोगाउनका लागि पार्टीहरूका बीचमा आपसी सहकार्य र एकता आवश्यक रहेको बताए ।

जनजीविकाको सवालमा पार्टीहरूले देश र जनताको हितलाई सर्वोपरी राखेर अगाडि बढ्नुपर्ने उनको उनले बताए । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था परिवर्तनको आवश्यक नभएको उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077