Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • भूकम्प प्रभावितलाई एमालेले १ करोड रुपैयाँ बराबरको राहत बाँड्ने

    भूकम्प प्रभावितलाई एमालेले १ करोड रुपैयाँ बराबरको राहत बाँड्ने

    अनलाइन नेपाल
  • मंगलबार, २१ कार्तिक २०८०
  • 579
    SHARES

    काठमाडौं । नेकपा एमालेले भूकम्प पीडितलाई एक करोड रुपैयाँ बराबरको राहत सामग्री वितरण गर्ने भएको छ ।

    पार्टीको सामाजिक सेवा केन्द्रले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि राहत सामग्री पठाउन लागेको हो ।



    अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा भूकम्प पीडितलाई सहयोग गर्नका लागि केन्द्र अग्रसर भएको बताइएको छ । केन्द्रले भूकम्प पीडितका लागि चामल, दाल, चाउचाउ, बिस्कुट, नुनजस्ता खाद्य सामग्री उपलब्ध गराउने छ ।



    यसैगरी पीडितलाई जाडोबाट बचाउनका लागि कम्मल र टेन्ट पनि वितरण गरिने छ । राहतका लागि पठाइने सामग्रीमध्ये केही काठमाडौंमा खरिद गरिएको छ भने केही सामग्री नेपालगञ्ज, दाङलगायतका ठाउँमा खरिद गरिएको छ ।

    पहिलो चरणको राहत सामग्री भोलि बुधवारसम्म पीडितसमक्ष पुर्‍याइने भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार