Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एसिया कपमा नेपाल, भारत र पाकिस्तान एकै समूहमा

काठमाडौं । यू-१९ एसिया कप क्रिकेटमा नेपाल भारत, पाकिस्तान र अफगानिस्तानको समूहमा परेको छ ।

एसियाली क्रिकेट काउन्सिल एसीसीले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपाल समूह 'ए' मा परेको हो ।

नेपालले पहिलो खेल डिसेम्बर ८ मा पाकिस्तानसँग खेल्ने छ । यस्तै नेपालको दोस्रो खेल डिसेम्बर १० मा अफगानिस्तानसँग र तेस्रो खेल १२ डिसेम्बरमा भारतसँग हुने छ ।

समूह बीमा भने आयोजक यूएईसहित बंगलादेश, श्रीलंका र जापान छन् । समूहका २ शीर्ष टोली सेमिफाइनलमा पुग्ने छन् ।

फाइनल खेल १७ डिसेम्बरमा हुने छ । एसिया कप सकिएको एक महिनापछि नेपालले श्रीलंकामा हुने यू-१९ विश्वकप क्रिकेट खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077