Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एन्फाको साधारण सभा आज बस्दै, अध्यक्षको बर्खास्ती मुख्य एजेण्डा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारण सभा आज बस्दैछ ।

बागमती प्रदेशको राजधानी हेटौंडामा आज बस्ने साधारण सभामा अध्यक्ष पंकजविक्रम नेम्वाङविरुद्ध परेको अविश्वासको प्रस्तावबारेमा छलफल हुन लागेको हो ।

गत २५ भदौमा एन्फाका ४९ सदस्यले अध्यक्ष नेम्वाङ र महासचिव किरण राईलाई बर्खास्त गर्नुपर्ने भन्दै लिखित निवेदन दिएका थिए ।

नेतृत्वमा पुगेको एक वर्ष नपुग्दै अध्यक्ष र महासचिवविरुद्ध बर्खास्तको माग आएपछि आजको साधारण सभामा अध्यक्ष नेम्वाङ र महासचिव राईले अविश्वास प्रस्तावको सामना गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077