Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युट्युबर मनोज मानव पक्राउ, एमाले नेता बस्नेतले भने - कडाभन्दा कडा कारवाही होस्

काठमाडौं । प्रहरीले युट्युब च्यानलका संञ्चालक मनोज मानव भनिने मनोजकुमार महतोलाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको साइबर ब्यूरोले ‘स्टार अनलाइन टीभी’ नामक युट्युब च्यानल सञ्चालन गरेका महतोलाई पक्राउ गरेको हो ।

महतोमाथि थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ । विभिन्न व्यक्तिको चरित्र हत्या गर्ने खालका सामग्री टिकटकमार्फत पोस्ट गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

मनोज विभिन्न व्यक्तिगत चरित्र हत्या हुने सामग्री बनाएर युट्युबमार्फत ‘भाइरल’ हुँदै आएका थिए । मनोज पक्राउ परेपछि बस्नेतले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै मनोज बार्गेनिङ गर्ने गिरोहको मुख्य योजनाकार रहेको उल्लेख गरेका छन् ।

केही दिनअघि बस्नेतलाई जोडेर एउटा आपत्तिजनक भिडिओ सार्वजनिक भएको थियो । बस्नेतले अरुको फोटो भिडिओ एडिट गरेर चरित्र हत्या गर्नेलाई अधिकतम कारबाही हुनुपर्ने माग गरेका छन् ।

फिटो भिडियो एडिट गरेर अरुको चरित्र हत्या गर्ने, सामाजिक राजनैतिक जीवन समाप्त गर्ने गरि लागिपरेका अपराधिक गिरोहको अन्त्य गर्न सबै एकजुट हुनुपर्ने नेता बस्नेतको भनाई छ ।

केही दिनअघि पूर्वएआईजी रणबहादुर चन्द र आफूलाई सामाजिक अभियन्ता बताउने तारा बराल बसेको एक रेस्टुरेन्टको कोठामा मनोज प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077