Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्ने सरकारको निर्णय

    पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्ने सरकारको निर्णय

    अनलाइन नेपाल
  • बिहिबार, २३ कार्तिक २०८०
  • 801
    SHARES

    काठमाडौं । सरकारले पोर्चुगलमा नेपाली राजदूतावास कार्यालय स्थापना गर्ने निर्णय गरेको छ ।

    बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकमा त्यहाँ रहेका नेपालीहरूको मागबमोजिम राजदूतावास कार्यालय स्थापना गर्ने निर्णय गरेको हो ।



    मन्त्रिपरिषद बैठकले पोर्चुगलमा नेपाली दूतावास स्थापना गरी सनिल नेपाललाई राजदूत सिफारिस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।



    सरकारले गएको कात्तिक पहिलो साता बसेको मन्त्रिपरिषद् बैठकले युरोपेली मुलुक पोर्चुगलमा आवासीय दूतावास खोल्ने निर्णय गरेको थियो । पोर्चुगलमा दूतावास खोल्ने विषयमा प्रश्न उठेका बेला सरकारले निर्णय गरेर पनि सार्वजनिक गरेको थिएन ।

    सरकारले एकैपटक बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट राजदूत नियुक्त गरेको सूचना सार्वजनिक गरेको हो ।

    बैठकले पोर्चुगलमा नेपाल राजदूतावास स्थापना गरी सनिल नेपाललाई राजदूतमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता शर्माले जानकारी दिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार