Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एन्फा अध्यक्ष पंकजविरुद्धको अविश्वासको प्रस्ताव असफल

हैटौँडा । अखिल नेपाल फुटबल संघ(एन्फा)को विशेष साधारणसभामा अध्यक्ष र महासचिवविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव असफल भएको छ ।

बिहीबार भएको मतदानमा अविश्वासको प्रस्ताव असफल भएको हो । कुल ८७ संस्थाका प्रतिनिधिसँग मताधिकार रहेको उक्त निर्वाचनमा ३४ मत भने खसेन ।

कुल ५३ मत खसेकोमा १ मत बदर भएको छ भने अध्यक्ष हटाउने प्रस्तावको पक्षमा ० मत र विपक्षमा ५२ खसेको छ ।

गत २५ भदौमा एन्फाका ४९ सदस्यले अध्यक्ष नेम्वाङ र महासचिव किरण राईको बर्खास्ती माग गर्दै अविश्वास प्रस्ताव राखेका थिए ।

तर, अध्यक्षलाई मात्र प्रस्ताव राख्नमिल्ने व्यवस्थाको कारण एकमात्र अजेण्डा साधरणसभामा पेस भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077