Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • रास्वपाले केन्द्रीय समिति र संसदीय दलको बैठक महोत्तरीमा राख्ने

    रास्वपाले केन्द्रीय समिति र संसदीय दलको बैठक महोत्तरीमा राख्ने

    अनलाइन नेपाल
  • बिहिबार, २३ कार्तिक २०८०
  • 630
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महोत्तरीको जलेश्वरमा केन्द्रीय समिति र संसदीय दलको बैठक राख्ने निर्णय गरेको छ।

    बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले आगामी मंसिर ११, १२ र १३ गते जलेश्वरमा बैठक राख्ने निर्णय गरेको हो ।



    रास्वपाले यसअघि पनि कात्तिक २२ र २३ गते मधेस प्रदेशमै संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकको तयारी गरेको थियो।



    तर, गत शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्र गरी भूकम्प गएपछि स्थगित गरेको थियो।

    मधेस प्रदेशमा राख्न लागिएको संयुक्त बैठकमा पार्टीको राजनीतिक, वैचारिक दस्तावेजमाथि पार्टीले विमर्शको तयारी गरेको छ।

    दस्तावेजलाई पूर्णता दिने तयारीमा रहेको रास्वपाले यसअघि जन आवाज सुन्न भन्दै पार्टी केन्द्रीय सदस्य र सांसदहरूलाई गाउँगाउँ खटाएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार