Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

अदालतबाट दोषी ठहर भइ फरार रहेका १० जना पक्राउ

उदयपुर । अदालतको फैसलापछि फरार रहेका १० जना प्रतिवादीलाई उदयपुर प्रहरीले पक्राउ गरेको छ।

अदालतको फैसला कार्यान्वयका लागि खटिएको प्रहरीको विशेष टोलीले वन र गाली बेइजती मुद्धामा कसुर ठहरिएका उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वन मुद्दामा बेलका नगरपालिका–१ का गोविन्द ठाकुर, महिन्द्र राई, चन्द्रबहादुर रोक्का कार्की, बुद्धिमान तामाङ्ग, चन्द्र तामाङ्ग, बेलका २ का जयप्रकाश चौधरी रहेका छन् ।

त्यसैगरी गालीबेजती मुद्दामा सहदेव चौधरी, संगिता चौधरी, सरिता चौधरी, मानती चौधरी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

वन मुद्दामा अदालतको २०७१ जेठ २१ गतेको फैसलाले गोबिन्दलाई २ महिना २० दिन कैद र ४५ हजार ९६ रुपैयाँ जरिवाना,महिन्द्रलाई २०७३ असार १६ गतेको फैसलाले १७ दिन कैद,चन्द्र रोका, बुद्धिमान र चन्द्र तामाङ्गलाई २ महिना कैद तोकेको छ ।

त्यस्तै वन मुद्दामा नै २०७५ पुस ६ गतेको फैसलाले जयप्रकासलाई २९ हजार ३६२ रुपैयाँ जरिवाना तोकेको छ । गाली बेइजती मुद्दामा अदालतको २०७३ चैत्र ५ गतेको फैसला अनुसार जनही ५ सय जरिवाना तोकिएका सहदेव,संगिता, सरिता र मानतीलाई पक्राउ गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077