Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

भक्तपुरमा चितुवाको आक्रमणबाट दुई जना घाइते

काठमाडौं । भक्तपुरमा चितुवाको आक्रमणबाट दुई जना घाइते भएका छन्।

चितुवाले शुक्रबार बिहान करिब ७ बजे दुई जना महिलालाई आक्रमण गरेर घाइते बनाएको हो। घाइतेहरूको अवस्था सामान्य छ।

मध्यपुरथिमि नगरपालिका वडा नम्बर ३ लालीगुँरास टोलस्थित एक घरको कम्पाउण्डभित्र लुकेको चितुवालाई डिभिजन वन कार्यालयको टोलीले डार्ट गरेर नियन्त्रणमा लिने तयारी गरेको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार दुई पटक डार्ट गरिसकिएको छ।

एक घरको बाउन्ड्री भित्र कुनामा लुकेको चितुवालाई डार्ट गरेर नियन्त्रणमा लिइँदै छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार चितुवाको आक्रमणबाट दुई जना सामान्य घाइते पनि भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077