Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न दिँदैनौं : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पालमा आन्तरिक द्धन्द्ध चर्काउने कामलाई स्वीकार गर्न नसकिने बताएका छन् ।

चीन भ्रमणको क्रममा युनान प्रान्तमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । अध्यक्ष नेपालले भूराजनीतिक रूपमा चीनलाई घेरा नेपाली भूमि प्रयोग गर्न कुनै पनि कामलाई स्वीकार गर्न नसक्ने बताए ।

अध्यक्ष नेपालले भने, ‘नेपालमा आन्तरिक द्वण्द्व चर्काउने, सैन्य तथा सुरक्षा सहयोग मार्फत भूराजनीतिक रुपमा चीनलाई घेरा हाल्न हाम्रो भूमी प्रयोग गर्ने कुनै पनि कामलाई हामीले स्वीकार गर्न सक्दैनौं ।’

उनले कुनै पनि देशबाट विभिन्न उद्देश्य साथ आउने सैन्य सहयोग, छिमेकीविरुद्ध प्रयोग गर्ने रणनीति र भूराजनीतिक प्रतिस्पर्धाको विपक्षमा रहेको बताए । अध्यक्ष नेपालले नेपाल र चीन बीचको सम्बन्ध सदियौंदेखिको गहिरो एवम् इतिहास र सँस्कृतिद्वारा बाँधिएको बताए ।

एउटा छिमेकी देशका रूपमा हामीले भौगोलिक निकटता मात्र नभई आपसी सहयोग र विकास प्रवर्द्धनको प्रतिबद्धतालाई पनि साझा रहेको अध्यक्ष नेपालको भनाई छ ।

नेपाल सदैव एक चीन नीतिको पक्षमा रहेको र नेपाली भूमिमा एवम् नेपाली भूमिबाट चीनविरोधी गतिविधि हुन नदिन प्रतिबद्ध रहेको उनले आश्वस्त पारे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077