Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

भूकम्प पीडितहरुसँगै आवास निर्माणमा जुटे गगन थापा

काठमाडौं । ​​नेपाली कांग्रेसका महामन्त्री गगन थापा  भूकम्प प्रभावित क्षेत्रमा पीडितका लागि नमूना अस्थायी टहरा निर्माणमा सक्रिय भएका छन् ।

जाजरकोटको नलगाड १ चिउरीको दलित बस्तीमा एउटा नमूना अस्थायी टहरा बनाउन पार्टी पङ्क्तिसँगै खटिएका महामन्त्री थापा टहरा निर्माणमा जुटेका हुन् ।

महामन्त्री थापाले सामाजिक संञ्जालमा लैदै भनेका छन्, 'हामी केही दिनदेखि जाजरकोट र रुकुम पश्चिममा छौँ। भूकम्प प्रभावित क्षेत्रमा नयाँ घर नबन्दा सम्म कम्तीमा जाडो छल्नका लागि अस्थायी घर बनाउन जरुरी छ। हामी केही इन्जिनियर तथा स्वयंसेवी साथीहरू सहित अस्थायी आवास निर्माणमा जुटेका छौँ। पाँच घण्टाको समयमा २ जना दक्ष जनशक्ति, २ जना अर्ध दक्ष जनशक्ति र करिब ७र८ जना सहयोगीले स्थानीय निर्माण सामग्रीको प्रयोग गरेर करिब ३५ हजारमा यी अस्थायी घरहरू बन्न सक्ने रहेछन्।'

पार्टीले प्रभावित क्षेत्रमा खटाएपछि महामन्त्री थापाले नलगाड चिउरीको दलित बस्तीमा अस्थायी नमूना टहरा बनाउ पुगेका छन् ।

जाजरकोट भूकम्पपछि कांग्रेसले गठन गरेको उद्धार, राहत र पुनःस्थापनाको अनुगमन तथा व्यवस्थापन सहजीकरण समिति गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077