Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्रहरीलाई कुटपिट गरी हतियार लुट्ने पाँचजना कारागार चलान

काठमाडौं । प्रहरीको हतियार लुटपाट गर्ने पाँचजना अभियुक्त पुर्पक्षका लागि कारागार चलान भएका छन् । मोरङ अदालतले शुक्रवार सुनसरी र मोरङमा श्रृंखलाबद्ध लुटपाट गर्ने ५ जनाको समूहलाई पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको हो ।

मोरङ बूढीगंगा गाउँपालिका ५ का २४ वर्षीय मोहम्मद नजरुल मियाँ, सोही ठाउँका ४० रिजवान मियाँ, सुनसरी दुहबी नगरपालिका– १ का वर्ष ३१ वर्षका मोहम्मद अलि मुरताजा मियाँ, ३० वर्षीय नजरूल मियाँ र दुहबी नगरपालिका– ६ का वर्ष ४० का मोहम्मद आलम पुर्पक्षका लागि कारागार चलान गरिएको मोरङ जिल्ला अदालतले जनाएको छ ।

उनीहरुले दुईजना प्रहरीलाई आक्रमण गरेर कुटपिट गरी हतियार लुटपाट गरेका थिए । पाँच जनाको समूहले भदौ २ गतेदेखि २२ सम्म मोरङ र सुनसरीमा श्रृंखलाबद्ध लुटपाट गरेका थिए । भदौ २२ गते विशेष प्रहरी परिचालन गरेर ७ जनालाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिएकामध्ये एकजना नाबालक रहेका थिए भने ३० वर्षीय सिजाम आलमलाई अदालतले १ लाख धरौटी तोकेको छ ।जेल गएको समूहले सुनसरीमा ड्युटीमा खटिएका प्रहरीको पेस्तोल र म्यागेजिन लुटेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077