Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आईसीसीद्धारा श्रीलंकाको क्रिकेट बोर्ड निलम्बन

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल बोर्डले श्रीलंका क्रिकेट (एसएलसी)को आईसीसी सदस्यता निलम्बन गरेको छ ।

आईसीसीको बोर्ड बैठकले सरकारको हस्तक्षेप भएको भन्दै श्रीलंकाको सदस्यता तत्काल लागू हुने गरि निलम्बन गर्ने निर्णय गरेको हो ।

शुक्रबार राति जारी विज्ञप्तिमा आईसीसीले एसएलसीले सदस्यको रूपमा आफ्नो दायित्वहरू उल्लङ्घन गरेको बताएको छ । विशेष गरी आफ्नो मामिलाहरू स्वायत्त र सरकारी हस्तक्षेपबिना व्यवस्थापन गर्न नसकेको आईसीसीले जनाएको छ ।

अनियमितता र भ्रष्टाचारमा संलग्न भएको भन्दै श्रीलंकाका खेलमन्त्री रोशन रणसिंघले सामी सिल्भा नेतृत्वको निर्वाचित क्रिकेट बोर्ड निलम्बन गर्दै नयाँ अन्तरिम कमिटी गठन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077