एजेन्सी । हमासको आक्रमणबाट इजरायलीको मृत्यु हुनेको विवरण संख्या परिमार्जन गरिएको छ ।
दक्षिणी इजरायली समुदायहरू र गाजाको सिमानामा रहेको सैन्य स्थलहरूमा अक्टोबर ७ मा हमासले गरेको आक्रमणबाट इजरायलीहरूको मृत्यु हुने इजरायलीको सङख्या १ हजार दुई सय रहेको इजरायली विदेश मन्त्रालयका प्रवक्ता लिओर हाइएटले जानकारी दिए ।
बिहीबार इजरायल डिफेन्स फोर्सले जारी गरेको तथ्यांकले देखाए अनुसार अक्टोबर ७ देखि इजरायलतर्फ करिब ९ हजार ५०० रकेट प्रहार गरिएको छ। जसमध्ये अधिकांश हमास शासित गाजा पट्टीबाट आएका थिए।
मृतकको संख्यामा आउने केही समयसम्म उतारचढाव जारी रहने सम्भावना छ र गाजापट्टीमा अपहरण गरिएका २४० भन्दा बढी व्यक्तिहरूमध्ये पनि जोखिममा रहेको बताइएको छ ।