Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

घरमा आगो लाग्दा ७३ वर्षीया वृद्धाको मृत्यु

झापा । झापाको अर्जुनधारा नगरपालिका–१० मा घर आगलागी हुँदा ७३ वर्षीया दिलकुमारी राईको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रप्रसाद रिजालका अनुसार राई दम्पती बसोबास गर्दै आएको बाँसको टाटी र टिनको छानो भएको घरमा शुक्रबार राति अचानक आगलागी भएको हो।

राति ८ बजेतिर आगलागी हुँदा वृद्धा दम्पती घरभित्रै थिए। आगलागीमा परी राईको घटनास्थलमै मृत्यु भएको छ भने उनका पति ७५ वर्षीय शिवकुमार राई गम्भीर घाइते भएको रिजालले जानकारी दिए।

आगलागीको खबर पाएलगत्तै सालबारी अस्थायी प्रहरी चौकीबाट प्रहरीको टोली घटनास्थलमा पुग्दा वृद्धाको मृत्यु भइसकेको थियो।

घाइतेलाई उपचारका लागि शनिश्चरेस्थित अर्जुनधारा नगर अस्पतालमा भर्ना गरिएको छ। आगलागीका कारण थाहा हुन सकेको छैन। घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077