Online Nepal
  • आइतबार, ११ साउन २०८२
  • आगलागी हुँदा २५ लाखभन्दा बढीको क्षति

    आगलागी हुँदा २५ लाखभन्दा बढीको क्षति

    अनलाइन नेपाल
  • सोमबार, २७ कार्तिक २०८०
  • 1.1K
    SHARES

    फाइल तस्विर

    खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–८ धितुङस्थित बुँलागैरीका भीमबहादुर कटवालको घरमा आगलागी हुँदा २५ लाखभन्दा बढीको क्षति भएको छ ।

    घरमा जडान गरिएको विद्युतको मिटरबक्सबाट सल्किएको आगोले उनको जस्तापाताको छाना भएको तीनतले घर, घरमा भएको नगद दुई लाख, साढे चार तोला सुन, पाँच तोला चाँदी, नागरिकता,जग्गाधनीपुर्जा, भाँडाकुँडा, अन्नपात, लत्ताकपडा, काठपातलगायत सामग्री जलेर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।



    आगलागी स्थानीय बासिन्दा र प्रहरीले करिब दुई घण्टापछि नियन्त्रणमा लिएका थिए । आगलागीका कारण सातजनाको कटवाल परिवार विचल्लीमा परेको छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार