Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • भूकम्प पीडितका लागि १० अर्बको राहत कोष स्थापना गर्ने सरकारको निर्णय

    भूकम्प पीडितका लागि १० अर्बको राहत कोष स्थापना गर्ने सरकारको निर्णय

    अनलाइन नेपाल
  • सोमबार, २७ कार्तिक २०८०
  • 315
    SHARES

    काठमाडौं । सरकारले सांसद विकास कोषको रकम भूकम्प पीडितको राहत, पुनःस्थापना र अस्थायी आवास निर्माणमा खर्चिने भएको छ ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सांसद विकास कोषको रकम भूकम्प पीडितको राहतमा खर्च गर्ने निर्णय गरेको हो ।



    बैठकले सांसद विकास कोषको झण्डै ८ अर्ब र दातृ निकायहरुको सहयोग समेत गरेर १० अर्बको कोष निर्माण गर्ने निर्णय गरेको छ ।



    सांसद विकास कोषको रकम खर्च नगर्न सर्वोच्चमा मुद्दा परेको थियो । योसँगै सरकारलाई उक्त कोषको रकम भुकम्प पीडितका लागि खर्च गर्न बाटो खुलेको छ ।

    साथै बैठकले भुकम्प पीडितको सहयोगका लागि अन्तराष्ट्रिय दातृ निकायलाई सहयोगका लागि आहन गर्ने भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार